मापसे सेवन गरेर आफ्नै घरमा आगो लगाउने एक जना पक्राउ

कैलाली, असार । कैलालीको जोशीपुर गाउँपालिकामा मापसे सेवन गरेर आफ्नै घरमा आगो लगाउने एक जना पक्राउ परेका छन्।
जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्वर १ मा मादक पदार्थ सेवन गरि आफ्नै घरमा आगो लगाउने भजनसिंह पक्राउ परेका हुन्। जंगवहादुर भुलका २५ बर्षीय छोरा भजनसिंह भुलले मादक पदार्थ सेवन गरि गयराती आफ्नै घरमा आगो लगाएका थिए।

आगलागीका कारण घरमा रहेको लत्ताकपडा, अन्न सवै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आफ्नै घरमा आगो लगाउने भुललाई पक्राउ गरिसकेको प्रहरी जनाएको छ।