बस र माइक्रोबस ठोक्किँदा १७ यात्रु घाइते, दुई जनाको अवस्था गम्भीर

काठमाडौं असार । सिनामङ्गलमा बस र माइक्रोबस ठोक्किँदा १७ यात्रु घाइते भएका छन् । मंगलबार बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये दुई जना गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए ।

घाइतेको सिनामङ्गलमा रहेको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा १३ जना पुरुष र चार जना महिला छन् । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।