चिकित्सा शिक्षा आयोगः विवादित उपाध्यायसहित ६ को आवेदन

काठमाडौं, असार । चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी ठहर गरेका डा। नीलमणि उपाध्यायसहित ६ जनाले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिएका छन् ।

सिफारिस समितिका अनुसार उपाध्यायसहित डा। श्रीकृष्ण गिरि, डा। प्रमोद साह, डा। पारस पोखरेल, डा।रमेश सिंह र नीलाम्बर झाले आवेदन दिएका हुन् ।

गिरि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर हुन् । समितिले दरखास्त दिएका योग्यमध्ये ३ जनाको नाम नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ । तीमध्ये एक आयोगको उपाध्यक्ष नियुक्त हुने प्रावधान छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।