विवेकशीलद्धारा विषादीयुक्त तरकारी आयातमा रोक लगाउन माग

धनगढी, असार । साझा विवेकशील सुदूरपश्चिम प्रदेश कमिटीले जनस्वास्थ्यमा असर गर्ने विषादीयुक्त तरकारी, फलफूल लगायतका वस्तुको आयातमा तुरुन्त रोक लगाउन माग गरेको छ ।

सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै सो पार्टीले यस्तो माग गरेको हो ।

मानव स्वास्थ्यलाई असर गर्ने खालका वस्तु आयातमा तुरुन्त रोक लगाउनु पर्ने साझा विवेकशीलको ठहर छ ।

भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट सङ्घीय सरकार पछाडि हट्नु दुर्भाग्यपूर्ण रहेको साझा विवेकशीलले जनाएको छ ।

खाद्य वस्तुको विषादी जाँच लगायत क्वारेन्टाइन परीक्षण अन्तर्राष्ट्रिय व्यापारको आधारभूत सर्त रहेको साझा विवेकशील भनाइ छ ।

विषादी परीक्षण जस्तो विषयमा अझ सरकार गम्भीर र संवेदनशील बन्नु पर्ने सो पार्टीको जिकिर छ ।

कुनै बहानामा विषादी चेकजाँच नगरी खाद्य वस्तु आयात गर्नु नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड रहेको साझा विवेकशीलले ठहर गरेको छ । साभार पश्चिम टुडे